विपी कोइरालाको ३८ औँ स्मृति दिवस बागलुङ पनि मनाइयो

बागलुङ
नेपाली काँग्रेसका संस्थापक नेता एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोईरालाको सिद्धान्तलाई काँग्रेस नेतृत्वले अनुशरण गर्नुपर्ने काँग्रेसका तल्लो तहका नेता एवं कार्यकर्ताले बताएका छन् ।

विपी कोईरालाको ३८ औँ स्मृति दिवसको अवसरमा काँग्रेस बागलुङले आयोजना गरेको बृक्षारोपण कार्यक्रममा सहभागीले यस्तो बताएका हुन । उनिहरुले विपी कोईराला मुलुकको राजनितिक परिवर्तनको एउटा ऐतिहासिक व्यक्तित्व भएको हुँदा उनले देखाएको बाटोमा काँग्रेसका शिर्ष नेतृत्व हिँडनुपर्ने बताएका छन । सहभागीले विपी कोईराला राजनिति मात्र नभएर नेपाली साहित्यको प्रर्बद्धकको रुपमा पनि परिचित रहेको हुँदा उनका हरेक कुरालाई काँग्रेसले मात्र नभएर अन्य राजनैतिक दलहरुले पनि अनुशरण गर्न जरुर रहेको बताए ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बागलुङका सभापति दिपेन्द्र बहादुर थापाले काँग्रेसका संस्थापक सभापति विपि कोईरालाले अनेक दुःखलाई झेल्दै मुलुकको राजनितिक परिवर्तनका लागि ठुलो योगदान गरेको बताए । उनले शिर्ष नेतृत्वमा कहिले कहि तिक्तदा हुँदा तल्लो तहका कार्यकर्तामा निराशजनक स्थिति पैदा हुने हुँदा अबको काँग्रेस तेरो र मेरो नभनी एक ढिक्का भएर अगाडी बनुपर्ने बताए ।

विपी कोइराला २०१५ को आम निर्वाचनबाट नेपाली काँग्रेसले दुईतिहाई बहुमत प्राप्त गरे पछि नेपालको पहिलो जन निर्वाचित प्रधानमन्त्री बनेका थिए । कोईरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो । भारतमा अंग्रेज विरोधी आन्दोलनमा सहभागीता जनाएर राजनैतिक जीवन शुरु गरेका कोइराला सन् १९४७ मा विराटनगर बाट मजदुर आन्दोलनको नेतृत्व गर्दै राणा विरोधी आन्दोलनमा लागेका थिए ।

कोईरालाको सम्झनामा बागलुङ नगरपालिका–१ रामरेखामा निर्माणाधिन बिपि स्मृति पार्कमा नेता तथा कार्यकर्ताले विभिन्न प्रजातीका बोटविरुवाहरु रोपेका छन । यसको संयोजन बानपा १ वडा समितिले गरेको थियो । मध्यपहाडी लोकमार्ग कै छेउमै रहेको स्मृति पार्कलाई व्यवस्थित पार्नका निम्ती स्मृति दिवसकै अवसरमा विभिन्न व्यक्तित्वले सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन । स्मृति पार्क निर्माणका लागि यस अघि संविधान सभा सदस्य प्रकाश शर्मा पौडेलको पहलमा पर्यटन मन्त्रालयबाट ३ लाख रुपैयाँले वार्कको छेउमा पर्खाल लगाईएको थियो । केही समय देखी अलपत्रै अवस्थामा रहेका पार्कलाई थप व्यवस्थापन गर्नका निम्ती काँगेस बागलुङ नगरका सभापति महेन्द्र आचार्यको संयोजनमा स्मृति पार्क निर्माण एवं व्यवस्थापन समिति गठन गरिएको छ । पार्क निर्माणका निम्ती मंगलबार विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग समेत गरेका छन ।

स्मृति पार्क निर्माणका निम्ती काँग्रेसका आमन्त्रीत जिल्ला सदस्य चण्डी प्रसाद शर्माबाट ५ हजार ५ सय रुपैया, महाधिवेशन प्रतिनिधि कृष्ण शंकर श्रेष्ठबाट ५ हजार रुपैयाँ, बेम्बो रेष्टुरेण्टका संचालक एवं काँग्रेस सिगानाका सक्रिय सदस्य टिकाराम थापा महेन्द्र बाट ५ हजार ५ सय ५५ रुपैयाँ, निर्माण व्यवसायी प्रकाश अचार्यबाट ५ हजार रुपैयाँ र तेजेन्द्र आचार्यबाट ५ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । त्यसैगरी महाधिवेशन प्रतिनिधि पार्वती आचर्यले ५ हजार ५ सय ५५ रुपैयाँ, वडा कोषाध्यक्ष रणसिंह थापा बोहोराले ५ हजार रुपैयाँ, नेपाल टे«ड युनियन काँग्रेसका केन्द्रिय सदस्य दुर्गादत्त आचार्यले ५ हजार रुपैयाँ र लक्ष्मीकुमारी कार्कीले २ हजार रुपैयाँ सहयोग गरेको काँग्रेस बागलुङ सचिव नवराज पौडेलले जानकारी दिए ।

स्मृति पार्कमा भुपु सैनिक संघका डम्बर बहादुर कार्कीले आर्कषण चौतारी निर्माण गर्नुका साथै थप ५ हजार रुपैयाँ र कृष्ण गिरीले ५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । स्मृति दिवसको अवसरमा रोपिएका विरुवाको संरक्षका निम्ती विभिन्न संघ संस्था र व्यक्तिहरुले तारजाली समेत बनाईदिने प्रतिवद्धता व्यक्त गरेको पौडेलले जानकारी दिए । कार्यक्रममा बागलुङ नगरका सभापति महेन्द्र आचार्यले सबैको सहयोगमा यस क्षेत्रकै नमुना पार्क निर्माण हुने बताए । उनले पार्क निर्माणका लागि डिपिआर तयार भएको सोही अनुसार निर्माण कार्य अगाडी बढाउने बताए । पार्कलाई वरीपरिबाट तारजालीले बारेर विचमा आर्कषण बगैचा निर्माण गर्नुका साथै विपिको शालिक राखिने काँग्रेले जनाएको छ ।

काँग्रेस सभापति दिपेन्द्र बहादुर थापाको अध्यक्षता र सचिव नवराज पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

काँग्रेसका नेता कार्यकर्ताले विभिन्न प्रजातीका विरुवाहरु रोपेका छन । काँग्रेस बागलुङले विविध कार्यक्रम गरी मनाएको छ । को अवसरमा काँग्रेस बागलुङ नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता बीपी कोइरालाको ३८औं स्मृति दिवस आज मनाइँदैछ ।

विपी को स्मृतिमा नेपाली काँग्रेस र उसका भ्रातृ संगठनले देशभर विभिन्न कार्यक्रमको आयोजना गर्दैछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *