बिपी स्मृति दिवसमा जैदीमा पिपल रोपण

आदर्श अनलाइन, बागलुङ
नेपाली काँग्रेसका संस्थापक नेता एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपि कोईरालाको ३८ औं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस जैमिनी नगरपालिका–७ जैदी बागलुङले पिपल रोपण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि एवं नेविसंघका निवर्तमान केन्द्रिय सह–महामन्त्री हरिहर शर्माले नेपालको भौगोलिक एकिकरण जसरी पृथ्वीनारायण शाहले गरेका थिए त्यसरी नै नेपालको राजनितिक एकिकरण बिपि कोईरालाको नेतृत्वमा नेपाली काँग्रेसले गरेकोे प्रष्ट पारे । उनले आजको सन्दर्भमा राष्ट्रियतालाई प्रर्वद्धन गर्ने र एकताबद्ध गर्नका निम्ती नेपाली काँग्रेसले विपिका सिद्धान्तलाई अनुशरण गर्नुपर्ने बताए ।

कार्यक्रममा जैमिनी नगरपालिका–७ का वडा अध्यक्ष जितबहादुर राना, नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि अरुण पौडेल, काँग्रेस जैदीका सल्लाहकार राजेन्द्र प्रसाद शर्मा, धौलागिरी बहुमुखी क्याम्पसका स्ववियु सचिव विष्णुराज पौडेल, महिला संघ जैदिका कोषाध्यक्ष तारा नेपाली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम नेपाली काँग्रेस जैदीका सभापति बमबहादुर क्षत्रीको अध्यक्ष नेपाल शिक्षक संघका जिल्ला सचिव राजेन्द्र पौडेलको संचालन र गाउँकार्यसमिति सदस्य किरण चालिसेको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *