रेडियो ढोरपाटनमाथि विभेद भएको भन्दै प्रेस युनियन बागलुङको आपत्ति

आदर्श अनलाइन, बागलुङ ।
ढोरपाटन नगरपालिकाले मिडियामाथि विभेद गरेको भन्दै नेपाल पेस युनियन बागलुङले आपत्ति जनाएको छ ।

केही दिन अगाडी नगरपालिकाले विज्ञापनको भुक्तानी गर्दा बुर्तिबाङ स्थित दुई वटा रेडियोलाई १ लाख ५० हजारका दरले भुक्तान गरेको र रेडियो ढोरपाटनलाई विभेदकारी ढंगबाट १० हजार भुक्तान गरेको भन्दै प्रेस विज्ञप्ती जारी आपत्ति जनाएको छ ।

‘विज्ञप्तीमा सञ्चार माध्यमको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व हो । बागलुङ जिल्लामा समानुपातिक विज्ञापन प्रणालीको विषयमा नेपाल पत्रकार महासंघको नेतृत्वमा विगतदेखिनै छलफल र बहस हुँदै आएको छ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाले ढोरपाटन नगर भित्रका दुई सञ्चार माध्यम रेडियोलाई प्रति रेडियो रु १,५०,०००।—(एक लाख पचास हजार रुपैयाँ)का दरले बजेट विनियोजन गरेर अभिभावकीय जिम्मेवारी पुरा गरेकोमा नगरपालिका परिवार र नगर प्रमुखप्रति आभार प्रकट गर्दछौं । रेडियोलाई ढोरपाटन नगरपाकिालले रु १०,०००।—(दश हजार रुपैयाँ) मात्र बजेट विनियोजन गरेको छ । नगरपालिकाले गरेको यस्तो विभेदप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ । ’ युनियनका अध्यक्ष प्रदीप पन्तद्वारा हस्ताक्षेरित विज्ञप्तीमा उल्लेख छ ।

‘सबै रेडियोले समान रुपमा नगरपालिकाका सूचना, कार्यक्रम, सन्देशमूलक शुभकामना प्रसारण गरेको भए पनि नगर प्रमुख देवकुमार नेपालीले आफूले सञ्चालन गरेको रेडियोलाई रकम छुट्टाउने र राजनीतिक आस्थाकै कारण सामुदायिक रेडियो ढोरपाटन एफएमलाई विभेद गर्नु जनप्रतिनिधिको उपहास भएको हाम्रो ठहर छ ।’ विज्ञप्तीमा उल्लेख छ ।

अभिभावकको भूमिका निर्वाह गर्नु पर्ने स्थानीय सरकारले आस्थाका आधारमा बजेट विनियोजनमा गरिएको पूर्वाग्रही निर्णय सच्चाएर समानुपातिक ढंगले बजेट विनियोजन गरी आफ्नो जिम्मेवारी पूरा गर्न युनियनले आग्रह गर्न गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *