अनेम सङ्घ बागलुङद्वारा सती प्रथा अन्त्यकाे सय वर्ष स्मरण

आर्दश अनलाईन, बागलुङ
अखिल नेपाल महिला संघ बागलुङले सती प्रथा अन्त्य भएको एक सय वर्ष पुगेको अवसरमा बिहीबार बागलुङमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरुले सति प्रथाको अन्त्य भए पनि अझै समाजमा महिलामाथि हुने हिंसा, दमनमा कमी आउन नसकेको औलाएका छन् ।

उनीहरुले आफ्नो हक अधिकार प्राप्तीका लागि र दमनबाट मुक्त हुन महिला शिक्षित हुनको विकल्प नरहेको बताएका थिए ।

कार्यक्रममा अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य मनकुमारी केसीले मुलुक परिवर्तनमा महिलाले गरेका योग्दानलाई राज्यले मुल्याङकन गर्नु पर्न समय आएको बताउनुभयो ।

समाजमा भएका हरेक कुरितीलाई निर्मुल गर्नका निम्ति महिलाहरुको अग्रणी भूमिका हुने बताउनुभयो । उहाँले आफै दनममा परेका महिलाले समाज परिवर्तन गर्न गाह्रो हुने भन्दै कुनै पनि हिंसा र दमन लुकाउनु नहुने बताउनुभयो ।

सती प्रथामा श्रीमानको मृत्यु हुँदा श्रीमती पनि सँगै मर्नुपर्ने बाध्यता थियो । राणा प्रधानमन्त्री चन्द्र शमशेरले एक सय वर्ष अघ यस प्रथा अन्त्य गरेका थिए ।

कार्यक्रममा अखिल नेपाल महिला संघले साउन, भदौ र असोजमा १० वटै स्थानीय तहका कमिटीलाई परिचालन गर्ने गरी कार्यक्रम बनाएको संयोजक साबित्री रानाले जानकारी दिनुभयो ।

अखिल नेपाल महिला संघ बागलुङका संयोजक सावित्री रानाको अध्क्षयता र सह–संयोजक कुशुम बुढाको धन्यबाद मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *