शनिबार बिहान बागलुङ बजारमा पानी वितरण नहुने

आदर्श अनलाइन, बागलुङ
शनिबार बिहान बागलुङ बजारमा पानी वितरण नहुने भएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर ३ देउराली चोकमा अविरल वर्षाका कारण गएको पहिराले पिउने पानीको पाईपमा असर पुगेको हुँदा बजारमा पानी वितरण रोकेर मर्मत गर्ने बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले जनाएको छ ।

खानेपानीको पाइपसँगै सिगाना भकुण्डे लगायतका स्थानमा पुग्ने सडकमा समेत असर पुगेको छ । सो स्थानमा जमिन भासिँदा देउराली चोकको तल्लो क्षेत्रका केही घरहरु मसेत जोखिममा परेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *