नेपाली रक्तदाता संघ कतारको अध्यक्षमा कटुवाल

आदर्श अनलाइन, बागलुङ ।
अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भेलाले शुक्रबार तेज कटुवालको अध्यक्षतामा नेपाली रक्तदाता संघ कतार गठन गरेको छ ।

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका अध्यक्ष अजय सत्यालको अध्यक्षतामा भएको अनलाइन भेलाले कटुवालको अध्यक्षतामा ८ सदस्यीय कार्यसमिति समेत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा अर्जुन चापागाई, सचिवमा सन्तोष क्षत्री, कोषाध्यक्षमा गणेश ढकाल र सदस्यहरुमा नविन सुवेदी, निरन नेपाल, रविन भट्टराई, सुदिप थापा र विश्वराज नेपाल रहनुभएको छ ।

नवनिर्वाचित कार्यसमिति

नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै एन आर एन ए एनसीसी कतारका अध्यक्ष महोम्मद मुत्तदा मुसलमानले कतारमा स्थापना भएको रक्तदाता संघ कतारसंग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । यसअघि पनि कतारमा नेपालीहरुले पटक–पटक रत्तदान कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै उहाँले अवका दिनमा संस्थागत रुपमा कार्यक्रम गरिने बताउनुभएको थियो ।

साथै उहाँले नवनिर्वाचित कार्यसमितिलाई अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका कोषाध्यक्ष उत्तम अधिकारी, कार्यसमिति सहजीकरण समितिका सदस्य हंशराज ढकाल क्षत्री र ठाकुर कुमार परियारले शुभकामना दिनुभएको थियो ।

त्यसैगरी भेलामा चिन्तामणी पौडेल, अर्जुन चापगाई र रामजी खत्रीले अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको बारेमा जानकारी गराउनुभएको थियो ।

नव गठित नेपाली रक्तदाता संघ कतारका अध्यक्ष तेज कटुवालले कतारमा रहेका अस्पताल संग सहकार्य गरि रगत आवश्यकता पर्ने नेपालीलाई मात्र नभएर सबैलाई सघाउनको लागि आफ्नो कार्यसमितिले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । रत्तदान जीवनदान भन्ने मर्मलाई उचाई दिदैं मावनिय कार्यमा सहभागी हुन पाउदा उत्साहित भएको भन्दै कटुवालले दुर्घटना मात्र नभएर कुनैपनि रोगका विरामीको रगत अभावकै कारणले ज्यान जान नदिन आफुहरुले काम गर्ने बताउनुभएको थियो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका उपाध्यक्ष विनोद भट्टराईले संघ स्थापनाको उद्देश्य र संघले गरिरहेको कामको बारेमा जानकारी गराउदै स्वागत गर्नुभएको थियो । कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका अध्यक्ष अजय सत्यालको अध्यक्षता र सचिव राहुल रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *