राजमोद्वारा दुरपति कुँवरको सम्झनामा शोक सभा

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय जनमोर्चा ढोरपाटन नगर समितिले दुरपति कुँवरको सातौँ पुण्य तिथीका दिन शोक शभा गरेको छ ।

जनमोर्चा जिल्ला समिति बागलुङका उपाध्यक्ष धर्म कुँवरकी पत्नी दुरपति कुँवरको साउन ४ गते मृत्यु भएको थियो । ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका ६६ वर्षीय कुँवरको पित्तथैलीको क्यान्सरका कारण मृत्यु भएको थियो ।

शोकसभामा गण्डकी प्रदेश सांसद खिमविक्रम शाहीले कठिन परिस्थितिमा पनि दुरपति कुँवरले पार्टीमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । उपाध्यक्ष धर्म कुँवरले पत्नी दुरपति कुँवरले पार्टी र परिवर्तनका निम्ती महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्नु भयो ।

कुँवरले पत्निको मृत्युले आफु अभिभावक विहीन भएको महशुस गरेको बताउनु भयो । श्रीमति मृत्युको अकल्पनीय घट्नाले आफु विक्षिप्त बन्न पुगेको कुँवरको भनाई थियो ।

कार्यक्रममा अखिल नेपा बुद्धिजीवि संघका केन्द्रिय सदस्य धनबहादुर कुँवर, महिला संघकी जिल्ला उपाध्यक्ष दुर्गादेवी घर्तिले बोल्नु भएको थियो ।

कार्यक्रम राष्ट्रिय जनमोर्चा ढोरपाटन नगर समितिका कोषाध्यक्ष धन कुमारी कुँवरको अध्यक्षतामा सम्पन्न भएको जनमोर्चाका तिलक थापाले जानकारी गराउनु भयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *