एकता सहकारीले ९.९९ प्रतिशतमा ऋण लगानी गर्ने

आदर्श अनलाइन,बागलुङ

एकता सहकारी संस्था लि. बागलुङले आफ्ना सदस्यहरुलाई कर्जामा लिदै आएको कर्जा ब्याजदरमा परिवर्तन गरेको छ। संस्थाले आफना सदस्यलाई बिभिन्न शिर्षकमा त्रैमासिक ब्याज बुझाउँदा १४ प्रतिशत र मासिक बुझाउँदा १३ प्रतिशत ब्याज दर तोकेको छ।

त्यसै गरी कोरोना भाईरसको संक्रमणको कारण आउँदै गरेको चाडबाडलाई लक्षित गरी ९.९९ प्रतिशतमा ऋण लगानी गर्ने योजना ल्याएको संस्थाका प्रबन्धक दिपकजंग राजभण्डारीले बताए। साथै संस्थाले लकडाउनको बेला सदस्यहरुलाई चैत्र महिनादेखि जरिवानामा सतप्रतिशत छुट बैशाख जेष्ठ महिनाको ब्याजमा १० प्रतिशत र आषाढ महिनाको ब्याजमा साँवाको २ प्रतिशत छुटको ब्यवस्था गरेको थियो ।

आषाढ महिनासम्म ब्याज बुझाउन बाँकी रहेका सदस्यहरुलाई यही श्रावण १५ गते सम्म बुझाउँदा उक्त छुटलाई निरन्तरता दिएको छ भने श्रावण मसान्त सम्म बुझाउँदा जरिवाना नलाग्ने ब्यबस्था गरेको छ। जिल्लाकै पुरानो यस संस्थाले आफना सदस्यहरुको मृत्यूमा सदस्य स्वयंको मृत्यू भएमा रु २५ हजार देखि रु ३५ हजार र परिवाजनको मृत्यूमा रु १० हजार देखि २० हजार सम्म राहत प्रदान गर्दै आएको छ।

शेयर सदस्यको नवजात शिशुको नाममा संस्थाको तर्फबाट रु २ हजार जम्मा गरि बाल शेयर बचत खाता खोलिदिने, ७० बर्ष भन्दा माथिका शेयर सदस्यहरुलाई बार्षिक चाडवाड खर्च बापत रु १हजार ५ सय प्रदान गर्नुका साथै ६० बर्ष भन्दा माथिका शेयर सदस्य र एकल महिला सदस्यहरुको आवधिक बचतमा १ प्रतिशत थप ब्याज वा १ महिना बराबरको थप ब्याज प्रदान गर्ने गरेको छ। यस संस्थाले आफना सदस्यहरुको स्वास्थ्य सुरक्षाकोलागि स्वास्थ्य बिमा बापत शेयर रकमको १ प्रतिशत रकम उपलब्ध गराउँदै आएको छ। संस्थाका कर्मचारीहरुको रु १ लाख बराबरको कोरोना बीमा को गरिदिएको छ भने सदस्यहरुलाई कोरोना बीमा कोलागि ५० प्रतिशत रकम उपलब्ध गराएको छ ।

संस्थाको ८३७जना शेयर सदस्य र शेयर पुँजी ७ करोड ३७ लाख रहेको छ भने बिभिन्न कोषमा ३ करोड रहेको छ। करिव ४० करोड बराबरको सम्पत्ति रहेको यस संस्थाले १ अरब भन्दा बढिको बार्षिक कारोबार गर्ने गरेको छ। यस संस्थाले कार्यक्षेत्रमा महिला बचत तथा ऋण सहकारी संस्थासंग एकिकरण गर्ने घोषणा गरिसकेको छ भने आगामी दिन अन्य सहकारीसंगपनि एकिकरण गर्ने योजना रहेको संस्थाका सचिव महेशचन्द्र प्रधानले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *