होम क्वारेन्टिनमा बसेका एक पुरुषमा कोरोना संक्रमण

आदर्श अनलाइन,पोखरा
पोखरामा होम क्वारेन्टाइनमा बसेका पुरुषमा कोरोना पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोरोना प्रयोगशालनमा गरिएको परीक्षणमा पोखरा–१८ का २२ वर्षे पुरुषमा कोरोना पुष्टि भएको हो ।

पोखरा महानगरको स्वास्थ्य महाशाखाका अनुसार उनी भारतको सिक्किमबाट आएर होम क्वारेन्टाइनमा बसेका थिए ।

उनी विन्ध्यवासिनी मन्दिर पश्चिम तिरबाट सराङकोट जाने बाटो नजिकैका बासिन्दा रहेको महानगरले जनाएको छ ।

स्वाब परीक्षणका लागि पठाइएकोमा शनिबार कोरोना पोजेटिभ देखिएको हो ।योसहित पोखरामा कोरोना पुष्टि हुनेको संख्या ९१ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *