पहिरो घरबास गुमाएका परिवारलाई राहत प्रदान

आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिका वडा नम्बर ५ मालीकामा केही दिन अघि गएको पहिरोले घरवार बिहिन हुन पुगेका परिवारलाई राहत प्रदान गरिएको छ ।

मालीका सेवा समाज बागलुङले एक कार्यक्रमकाे आयोजनामा गरि पहिरोले घर बास गुमाइ बिस्तापित हुन पुगेका हेमराज उपाध्या ,भागिरथ उपाध्या ,र टकमाया किसान लाई नगद २५ /२५  हजार सहयोग हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा पुर्व उर्जा राज्यमन्त्री रामजी प्रसाद शर्मा बागलुङ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष शिव प्रसाद सापकोटा ,बागलुङ नगरपालिका कार्यपालिका सदस्य कालीका सापकोटा लगायतका बक्ताहरूले अहिले बिपत्तिकाे घडीमा मालीका समाजले थाेरै भएपनि चराइरहेकाे
घाउमा मलम लगाउने काम गर्नुलाई सकारात्मक रूपमा लिन जरुरी भएको धारणा राखेका थिए ।

अहिले गाउँ गाउँमा बाढी पहिराे लगायत बिपत्ति पर्दा समेत नगरपालिकाले तत्काल राहत प्रदान गर्न नसकेकाे कारणले वडा नम्बर ५ अाफैले बिपत काेष स्थापना गर्न लागेको बक्ताहरूले राखेका थिए ।

बिपतमा परेका ९ परिवारलाई रेडक्रस बाट  अाएकाे ९ वटा पाल वडा कार्यालय मार्फत तत्काल प्रदान गरेरकाे जानकारी समेत कार्यक्रम गराइएको थियो ।मालीका सेवा समाज बागलुङका अध्यक्ष दुर्गा बहादुर कुबँरकाे अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष जीवन नाथ शर्माकाे स्वागत र सचिव तेजेबहादुर कुबँर संचालनमा सम्पन्न भएको थियो ।

श्रावण ७ गते गएको अबिरल बर्षाले मालिकाका दर्जनौं घर जाेखिममा पर्नुका साथै भैंसी गाई गाेठ भत्किनुका साथै अहिले लगाइ रहेको धानबाली समेत पहिरो गएर लाखौंको नाेक्सानी भएको वडा अध्यक्ष शिव सापकोटाले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *