सहकारी बोर्डको सल्लाहकारमा बागलुङका पौडेल

आदर्श अनलाइन, बागलुङ
सहकारी विज्ञ डा. ज्ञानेन्द्र प्रसाद पौडेल राष्ट्रिय सहकारी विकास बोर्डको सल्लाहकार नियुक्त भएका छन् ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालको अध्यक्षतामा बसेको सहकारी बोर्डको कार्यकारी समिति बैठकले पौडेललाई सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय सहकारी विकास बोर्ड ऐन, २०४९को दफा १६ मा व्यवस्था भए बमोजिम बोर्डको सल्लाहकार नियुक्त पौडेलले ‘क्रेडिट रिस्क मेनेजमेन्ट इन नेपलिज को-अपरेटिभ सोसाइटी’मा विद्यावारिधी गरेका छन् ।

बागलुङ नगरपालिका वडा नं. १२, अमलाचौर निवासी पौडेल करिव दुई दशकदेखि सहकारी अभियानमा संलग्न छन् । पौडेलले सहकारीसम्बन्धी कैयौं पुस्तक तथा अनुसन्धानमुलक लेख प्रकाशित गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *