भारतबाट आएका गलकोटका अधिकारी बागलुङ बजारमा अलपत्र

साधना पन्त, बागलुङ ।
बागलुङको गलकोट नगरपालिका–३ का नेत्रबहादुर अधिकारी बागलुङ बजारमा अलपत्र परेका छन् ।

सोमबार विहान नेपाल भारतको सुनौल नाका हुँदै बागलुङ आइपुगेका अधिकारीलाई गलकोट नगरपालिकाले बजारबाट नगरपालिका सम्म आफ्नै व्यवस्थापनमा आउनुपर्छ भनेपछि बजारमै अलपत्र परेका हुन् ।

सुनौलीबाट हिड्ने समयमा वडा अध्यक्षलाई जानकारी गराएको हुँ, अधिकारीले भन्नुभयो तर बागलुङ आइपुगेपछि उहाँहरुले मेरो फोन नै उठाउनुभएको छैन । सुनौलीबाट एक्लै ट्याक्सी रिजर्र्भ गरेर बागलुङ बजार आएको भएपनि बजारबाट गलकोट सम्म ट्याक्सी जान सम्भव नभएको र अन्य सवारी साधनले भारतबाट आएको भनेपछि आफुलाई गलकोट लैजान नमानेको उहाँले बताउनुभयो ।

अधिकारीकी श्रीमती दिपा थापाले विहानैबाट गलकोटका जनप्रतिनिधीहरुलाई गुहार माग्दा पनि वेवास्ता गरेपछि बागलुङ नगरपालिकाका मेयरलाई भेटेर सहयोग मागेको बताईन् । ‘आफैले भोट हालेर जिताएका जनप्रतिनिधीहरुले वेवास्ता गर्नुभयो दिपाले भनिन्, बागलुङ नगरपालिकाको सहयोगमा रामरेखा क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउदै छौ ।’

गलकोट नगरपालिका–३ का वडा अध्यक्ष विरजंग भण्डारीले लकडाउन खुलि सकेकाले आफ्नै व्यवस्थापनमा वडा कार्यालयसम्म आए, स्वाब परीक्षणको व्यवस्था मिलाइदिने भन्दै जिम्मेवारीबाट भागेको अधिकारीको गुनासो छ ।

गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरेले पछिल्लो समय सरकारले लकडाउन खोलेर जिल्ला भित्र निर्वाध रुपमा सवारी साधन चलाउन भनेकाले व्यक्ति आफैले व्यस्था गर्नुपर्ने बताउनुभएको छ । ‘आजभोली बाहिरबाट आउनेहरुको संख्या कम भइ सकेको छ, शर्माले भन्नुभयो हप्तामा एक, दुई जना आउनुहुन्छ उहाँहरुको लागि छुट्टै व्यवस्थापन गर्न सकिदैन ।’ तर शर्माले नगरपालिका सम्म आफ्नै व्यवस्थापनमा आइपुगे क्वारेन्टिनमा राख्ने र पिसिआर जाँच गर्ने व्यवस्था भने मिलाईने बताउनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *