स्याङ्जाका १८ जना प्रहरीमा कोरोना पुष्टि

आदर्श अनलाइन, स्याङ्जा
स्याङ्जाको पुतलीबजारमा १८ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् ।

स्याङ्जामा थपिएका मध्ये सबै जना प्रहरी रहेको पुतलीबजार नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु काफ्लेले जानकारी दिनुभयो । पुतलीबजारमा कार्यरत ३ जना प्रहरीमा कोरोना भाइरस देखिएपछि प्रहरी कार्यालयभित्र रहेका सबैको नमूना श्वाव संकलनगरी बिहीवार पोखरा पठाइएको थियो।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिउँसो ३:०० बजे जारी गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा स्याङ्जाका १८ जना प्रहरीमा कोरोना पुष्टि भएको हो ।

परीक्षणका क्रममा स्याङ्जाका ३९, २७, ३७, २८, ४१, ३३, ३८, ३४, ४६, ३१, ३५, २७, ४१, २७, ३४, ४४ र ३६ वर्षीय पुरुषहरु र २६ वर्षीय महिलामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापनका लागि गठन गरिएको उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

नयाँ सङ्क्रमित स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले जिल्लास्थित आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिनुभयो ।

पछिल्लो अद्यावधिक विवरणअनुसार प्रदेशमा सङ्क्रमितको सङ्ख्या १३९९ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *