नदी दोहनका बिषयमा बोल्यो बार,शर्मा प्रतिको धम्की असह्य

आदर्श अनलाइन,बागलुङ

नदी दोहनका बिषयमा अधिकारकर्मी राम शर्मालाई क्रसर व्यवसायीले अप्रत्यक्ष धम्की र ब्लाकमेलिङ गरेको बिषयमा बागलुङ उच्च अदालत बार एशोसियसनले पहिलो पटक बोलेको छ ।

बारका अध्यक्ष हरिप्रसाद शर्मा र सचिव सरिता केसीद्वारा बुधवार संयुक्त हस्ताक्षरित बिज्ञप्तीमा बारका पूर्व अध्यक्ष तथा अधिवत्ता शर्माले कालीगण्डकी दोहनका बारेमा फेसबुकमा राखेको बिषयमा क्रसर व्यवसायीको धम्की र ब्लाकमेलिङ प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

एउटा कानुन व्यवसायीको मान र सुरक्षामा हुन सक्ने कुनै पनि प्रकारको खतरा सह्य नहुने बिज्ञप्तीमा उल्लेख छ । बारका अध्यक्ष हरिप्रसाद शर्माको अध्यक्षतामा बुधवार बसेको बैठकले अधिकारकर्मी शर्माले अवैध नदी दोहनका बिषयमा आवाज उठाउदा परोक्ष रुपमा दिइएको धम्की प्रति ध्यानाकर्षण सहित यस प्रकारको गतिविधि रोक्न आग्रह गर्ने निर्णय गरेको थियो ।

अधिकारकर्मी शर्माले पछिल्लो केहि वर्ष यता नियम विपरित कालीगण्डकीको पर्वत खण्डमा दोहन जारी रहेको र त्यसको बिरुद्वमा निरन्तर आवाज उठाउदै आउनुभएको थियो । यही बिषयलाई लिएर क्रसर व्यवसायी विप्लव हमाल, यामबहादुर मल्ल लगायतले शर्मालाई पुरानो भिडियो सार्वजनिक गरिदिने भन्दै नदी दोहनका बिषयमा नबोल्न ब्लाकमेलिङ गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *