सरकारी कार्यालयसँग बैंकर्सको अन्तरक्रिया

आर्दश अनलाईन, बागलुङ
बैंकर्स बागलुङले मंगलबार मालपोत, नापी र आन्तरिक राजश्व कार्यलयका प्रमुखसँग अन्तरक्रया कार्यक्रम गरेको छ ।

सेवा ग्राहीलाई सेवा दिने क्रममा बैंक तथा वित्तीय संस्था र सरकारी कार्यलयहरुको बिचमा आईपर्ने विभिन्न समस्या र समाधानको विषयमा अन्तरिक्रिया भएको थियो ।

कार्यक्रममा सहभागीहरुले सेवाग्राहीलाई सेवा दिने सवालमा बैंक तथा वित्तीय संस्थाहरु र सरकारी कार्यालयहरु बिच समन्वय हुन आवश्यक रहेको बताए । सरकारी कार्यलयमा सेवा गराहीसँग प्रत्यक्ष रुपमा काम गर्नुपर्ने भएकाले कार्यालयमा भिडभाड बढी हुने समस्या रहेको भन्दै आगामी दिनमा त्यसको समाधानका लागि कार्यलयले योजना बनाएको बताएका थिए ।

कार्यक्रममा मालपोत कार्यलय बागलुङका प्रमुख विष्णु प्रसाद शर्मा, नापी कार्यलय बागलुङका प्रमुख योगेन्द्र प्रसाद यादव, आन्तारिक राजस्व कार्यालय बागलुङका कर अधिकृत बसन्त नेपाली र बागलुङका बैंक तथा वित्तीय संस्थाका शाखा प्रबन्धकहरुको उपस्थित रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *