बागलुङका ६ सहित गण्डकी प्रदेशमा एकै दिन ३८ संक्रमित थपिए

आदर्श अनलाइन, बागलुङ

कोरोना रोकथाम तथा नियन्त्रणका लागि देशमा गरिएको बन्दाबन्दी –लकडाउन) खुले पनि कोरोना संक्रमितको संख्या बढ्ने क्रम रोकिएको छैन ।

बिहिवार मात्र गण्डकी प्रदेशमा एकै दिन ३८ जना थपिएका छन् । जसमध्ये बागलुङका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । काठेखोला गाउँपालिकाका २४ र २५ वर्षिय, बडिगाड गाउँपालिकाका २६ र २४ वर्षिय, बागलुङ नगरपालिकाका ३० वर्षीय र जैमिनी नगरपालिकाका ५२ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

यसैगरी, कास्कीमा १४, स्याङ्जामा ११, लमजुङ ३, तनहु १, नवलपरासी १ रहेका छन् ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४७९ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३८ जना संक्रमित पुष्टि भएको हो ।

गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको भएर निको हुनेको संख्या १२३० पुगेको छ।
तल हेर्नुहोस् आज कहाँ कति संक्रमित ?

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *