स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि जैमिनी नगरपालिको सबै सेवा बन्द

आदर्श अनलाइन, बागलुङ
स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि जैमिनी नगरपालिकाले आकस्मिक बाहेकको सबै सेवा बन्द गरिएको छ ।

नगरपालिकाले बिहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै दैनिक सेवा प्रवाह गर्दा थप जोखिम पर्ने बढ्ने भएको हुँदा नगरपालिको सबै सेवा बन्द गरेको नगर प्रमुख इन्द्रराज पौडलद्वारा हस्ताक्षेरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

संक्रमित स्वास्थ्यकर्मीसँग सम्पर्कमा आएका कर्मचारीहरूको पीसीआर गरी रिपोर्ट नआएसम्म नगरपालिका र वडाका आकस्मिक बाहेक सबै काम बन्द गरेको विज्ञप्तीमा लेखिएको छ ।

This image has an empty alt attribute; its file name is 116433772_214105186609326_6268578666184315533_n.jpg

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *