गलकोट साहित्य कुञ्जको भर्चुअल भेला,नयाँ कार्यसमिति गठन

आदर्श अनलाइन,बागलुङ

गलकोट साहित्य कुञ्जको नयाँ कार्यसमिति चयन भएको छ ।

जिल्लाको गलकोटमा जन्मिएर हाल बिभिन्न स्थानमा रहेका साहित्य सर्जक, शुभेच्छुकहरुको भर्चुअल बैठकले जापानमा रहेका बेलुकाजी थापाको संयोजकत्वमा कुञ्जको नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उप-संयोजकमा अमेरिकाका हरिलाल शर्मा, सचिवमा राधिका कल्पित (काठमाण्डौ रहेका छन् । समितिको सदस्यमा मना खत्री सागर (काठमाण्डौं) राजविन थापा ( जापान) देवेन्द्र गैरे कैदी (भियतनाम) हरि चालीसे एविसी ( गलकोट) खगराज गौतम (जापान) गोरख सागर खत्री (गलकोट_लुजर शर्मा (माल्दिप्स) पदम थापा (स्पेन यूरोप) हेमलाल गौतम (जापान) लक्ष्मी गौतम (काठमाण्डौ) रहेको जापानबाट खगराज गौतमले आदर्श अनलाइनलाई जानकारी दिए ।

बैठकले मना खत्रीको संयोकजत्वमा प्रकाशन समिति समेत गठन गरेको छ । जसमा बेलुकाजी थापा, खगराज गौतम, हरि चालिसे र बीरबहादुर चोखाल सदस्य छन् । यसैगरी कार्यक्रम उत्पादन तथा संचालन तर्फ लक्ष्मी गौतमको संयोजकत्वमा उपसमिति गठन गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *