स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि जैमिनीका स्वास्थ्य संस्था बन्द

आदर्श अनलाइन, बागलुङ ।
जैमिनी नगरपालिकाका स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्र संगै ८ वटा स्वास्थ्य चौकीको सेवा बन्द गरिएको छ ।

शुक्रबारबाट आकस्मिक र प्रसुती बाहेक स्वास्थ्य केन्द्रका सबै सेवा बन्द गरिएको नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक तिर्थ पाौडेलले जानकारी दिनुभयो ।

सम्भावित जोखिमलाई मध्येनजर स्वास्थ्यकर्मीहरुको स्वाब संकलन गरि परिक्षणका लागि पठाइएकोले नतिजा नआएसम्म स्वास्थ्य संस्थामा दिइने सेवा सहित नयाँ स्वाब संकलन पनि नगरिने उहाँको भनाई छ ।

स्वास्थ्य संस्था खुल्लादा स्थानियमा क्रास बढन् सक्ने भएकाले बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख इन्द्रराज पौडेलले जानकारी दिनुभयो । नगरपालिकाले कोरोना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा आएका ५१ जनाको स्वाब संकलन गरि परिक्षणको लागि पठाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *