सिएमसी बागलुङको टोली आदर्श सञ्चारमा

आदर्श अनलाइन, बागलुङ
कोअपरेटिभ म्यानजेर्स क्लव (सिएमसी) बागलुङ र आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङका कर्मचारीहरुबीच शुक्रवार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

क्लवले हरेक हप्ताको शुक्रवार जिल्लामा सञ्चालित सहकारीमा स्थलगत रुपमा पुगेर संस्थाका कर्मचारीहरुसंग अन्तरक्रिया कार्यक्रम गर्ने योजना अनुसार पहिलो पटक आदर्श सञ्चार सहकारीका कर्मचारीहरुसंग अन्तरक्रिया गरिएको क्लवका अध्यक्ष दिपकजंग राजभण्डारीले जानकारी दिनुभयो ।
सहकारीका कर्मचारीहरुबीच अनुभव आदान प्रदानका साथै क्षमता विकासमा योगदान पु¥याउने उद्देश्यका साथ सहकारीहरुमा स्थलगत भेटघाट तथा अन्तरक्रिया शुरु गरिएको राजभण्डारीले बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा आदर्श सञ्चार सहकारी संस्थाद्वारा प्रकाशित धौलागिरि जागरण दैनिक, अग्रसर साप्ताहिक र आदर्शसञ्चार अनलाइनका सम्पादक रामबहादुर जिसीले कर्मचारीहरुबीचको ऐक्यवद्धता र समन्वयले सहकारी क्षेत्रलाई थप प्रभावकारी गराउन सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नु भयो ।

सहकारी क्षेत्र आम जनताको आर्थिक विकास र सामाजिक
रुपान्तरणको माध्यम भएकाले यसलाई थप व्यवसायिक रुपमा अगाडि बढाउनका लागि कर्मचारीहरुको दक्षता अभिवृद्धि, प्रविधिमैत्री र निरन्तरतामा जोड दिनु पर्छ, जिसीले भन्नुभयो–सहकारीका कर्मचारीले आफ्नो काँधमा जागिर संगै समाज रुपान्तरणको जिम्मेवारी समेत छ भन्ने सोचेर काम गर्नु पर्छ ।

जिल्लामा रहेका सबै सहकारीका कर्मचारीहरुलाई सहकारीको मर्म, भावना र सिद्धान्त अनुसार व्यवसायिक रुपमा अगाडि बढ्नका लागि प्रेरित गर्न क्लव निरन्तर क्रियाशिल रहने अध्यक्ष राजभण्डारीले बताउनुभयो । उहाँले क्लवका पदाधिकारी तथा सदस्यहरु प्रत्येक हप्ताको शुक्रवार एउटा सहकारी संस्थामा पुगेर कर्मचारीहरुसंग परिचयात्मक कार्यक्रमका साथै अन्तरक्रिया गर्ने अभियान शुरु गरिएको जानकारी दिनुभयो ।

अन्तरक्रिया कार्यक्रमको सञ्चालन कोअपरेटिभ म्यानेजर्स क्लव बागलुङका सचिव ताराप्रसाद शर्माले गर्नु भएको थियो ।

बागलुङ जिल्लामा सञ्चालित सहकारीहरुका कर्मचारीहरुलाई एकतावद्ध गरी उनीहरुको क्षमता विकाससंगै सहकारीको व्यवसायिक विकासमा योगदान गर्ने उद्देश्यका साथ गत असारमा कोअपरेटिभ म्यानेजर्स क्लव बागलुङ गठन गरिएको सचिव शर्माले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *