बुर्तिबाङमा समुह पहिचान र रक्तदान

टिकाराम भट्टराई, बुर्तिबाङ
ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिबाङमा रहेको सामुदायिक सेवा केन्द्रको आयोजनामा रक्त समुह पहिचान कार्यक्रम सुरु गरिएको छ ।

केन्द्रको प्रथम साधारण सभाको पूर्व सन्ध्यामा रक्तदानको निम्ति शुक्रबारबाट रक्त समुह पहिचान कार्य थालिएको केन्द्रका महासचिव नरहरी भुषालले जानाकारी दिनुभयो ।

रगत अभावका कारण अकालैमा ज्यान गुमाउन बाध्य यस क्षेत्रका आम जनताहरुको समस्यालाई समाधान गर्नको निम्ति रक्त समुह पहिचान कार्य थालनी गरिएको हो । ब्लड बैंक अभावका कारण बिरामीको आवश्यकता अनुसार गुप्रिङ गरिएका व्यक्तिको प्रत्यक्ष उपस्थितिमा रक्तदान गरिने महासचिव भुषालको भनाई छ ।

प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा प्रसुति हुने महिला लगायत अन्य बिरामीलाई रगत आवश्यक पर्ने हुँदा स्वास्थ्य केन्द्रले स्वास्थ्यकर्मी तथा सम्बन्धित व्यक्तिहरुबाट रक्तदान गदैँ आईरहेका छन् ।

सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु तथा सदस्य, आजिवन सदस्य, साधारण सदस्य र ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरीहरुको सहभागितामा शुक्रबार ४० जनाको रक्त समुह पहिचान गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *