गायक प्रकाश सपुतको ‘बदला बरिलै’ केही घण्टामै युट्युव ट्रेण्डिङ-११ मा

आदर्श अनलाइन,बागलुङ

लोकप्रिय गायक प्रकाश सपुतको पछिल्लो तीज बिशेष गीत ‘बदला बरिलै’ सार्वजनिक भएको केही घण्टामै युट्युव ट्रेण्डिङमा आएको छ ।

सपुतको शव्द, लय तथा भिडियो निर्देशनमा रहेको गीत शुक्रबार राति अवेर उनको आफ्नै च्यानलबाट सार्वजनिक गरिएको थियो । गीत सार्वजनिक गरिएको १८ घण्टामै युट्युव ट्रेण्डिङको ११ औं स्थानमा आइसकेको छ ।

चर्चित गायिका देवी घर्तिको आवाजमा रहेको गीत सार्वजनिक पश्चात २ लाख ३१ हजार दर्शकले हेरिसकेका छन् । युट्युवमा ३ हजार ८ सय बढिले गीतका बारेमा प्रतिक्रिया जनाएका छन् । अधिकांशले यो गीत समाजमा बिद्यमान जघन्य अपराधको रुपमा रहेको बलात्कार बिरुद्वको आवाज भएको र पृथक शैलीमा प्रस्तुत गरिएको भन्दै गायक सपुतको प्रशंसा गरिएको छ । म्युजिक भिडियोमा मुख्य अभिनय गर्ने नायिका केकी अधिकारीको अभिनय पनि उत्कृष्ट छ ।

नेपाली लोक सांगीतिक क्षेत्रमा गायक सपुतको ‘बोलमाया’, ‘गलबन्दी’ गीत सर्वाधिक लोकप्रिय गीत हो । समाजमा छोरीलाई हेर्ने दृष्टिकोण र बलात्कार जस्तो जघन्य अपराधले विगत एक वर्षदेखि आँफुलाई बिझाइरहेको र अहिले आएर गीत मार्फत प्रस्तुत गरिएको गायक प्रकाश सपुतले आदर्श अनलाइनलाई बताए । यो गीत र म्युजिक भिडियोमा ठुलो लगानी भए पनि समाजमा व्याप्त सामाजिक समस्या उठान गरिएको बढि आँफुलाई सन्तुष्टि मिलेको सपुतको भनाई छ ।

युट्युव मार्फत हाल सम्म बोलमाया गीत १ करोड ६६ लाख पटक हेरिएको छ भने गलबन्दी ४ करोड १२ लाख ९३ हजार ९ सय ५६ पटक हेरिएको छ । उसो त रक पपमा झुम्ने युवा पुस्तालाई केन्द्रित गरेर दोहोरी ब्याटल गीत समेत उनले श्रोता दर्शक माझ पस्केका छन् । गीतको म्युजिक भिडियो लिंक तल हेर्न सक्नुहुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *