माक्स नलगाइ हिड्नेलाई कारवाही

आदर्श अनलाइन्, बागलुङ
माक्स नलाई हिडेका सर्वसाधरणलाई प्रहरीले कार्याही गर्न थालको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको अगुवाईमा कोरोना सचेतना गर्दै आएकोमा शनिबार देखि कार्वाही थालेको हो ।

शनिबार विश्वकै लामो दाबी गरिएको पाङ अदुबारी र बागलुङ नगरपालिका–१ रामरेखा जोड्ने लामो झोलुङ्गे पुल क्षेत्रमा मास्क नलगाई हिड्नेलाई कार्वाही गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । लामो झोलुङ्गे पुल अवलोकन गर्न माक्स नलगाई आएका सर्वसाधरणलाई पक्राउ गरि जरिवाना गरिएको रेग्मीले जानकारी दिनुभयो ।

पुल हेनेको भीड भएपछि सचेतना जगाउनका लागि पशिलो चरणमा केहीलाई कार्वाहीको दायरामा ल्याईको हो । प्रहरीले १० जना पुरुष र ५ जना महिला गरि १५ जनालाई नियन्त्रणमा लिइ एक सय रुपैयाँ जरिवाना गरेर छोडेको प्रहरीको भनाई रहेको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी धिरेन्द्र पन्तले संक्रमण रोग ऐन २०२० दफा २ को कसुर गरे वापत सोहि ऐनको दफा ३ को उपदफा १ बमोजिम प्रमुख जिल्ला अधिकारीको आदेश अनुसार एक सय जरिवाना गरि १ वटा माक्स दिएर कारवाही गरिएको बताउनुभयो । सरकारले लकडाउन खुल्ला गरेपनि कोरोना संक्रमणको जोखिम बढि रहेकोले घर बाहिरा हिड्दा माक्स अनिवार्य लगाउनुपर्ने भन्दै अटेर गर्नेलाई कार्वाही थालिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *