सिगानामा सामाजिक सुरक्षा भत्ता वितरण

आदर्श अनलाईन, बागलुङ

जिल्लाको बागलुङ नगरपालिका–८ सिगानामा शनिबार सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । सरकारले बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने योजना अनुसार मेघा बैंक लिमिटेड बागलुङ शाखाले वडा कार्यालयमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

बागलुङ बजारमा भत्ता लिनका लागि आउँदा जेष्ठ नागरिकलाई असहज हुने, वर्खामा यातयातको पहुँच नहुँने तथा कोरोना भाईरसको संक्रमण बढ्न सक्ने भन्दै वडा कार्यालयमै पुगेर भत्ता वितरण गरिएको मेघा बैंक बागलुङ शाखाका प्रबन्धक उपेन्द्र गौतमले जानकारी दिनुभयो ।

अविरल वर्षतका कारण ग्रामिण सडक समेत अबरुद्ध भएका कारण वृद्ध वृद्धालाई सहज रुपमा भत्ता वितरण गर्नका लागि वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्नका लागि समन्वय भएको वडा अध्यक्ष जित बहादुर जिसीले जानकारी दिनुभयो । सिगानामा ४३५ जना जेष्ठनागरिक, एकल महिला, अपाङ्गता भएकाले सामाजिक सुरक्षा भत्ता पाउदै आएका छन् ।

सरकारले जेष्ठ नागरिकलाई महिनाको रु. तीन हजार र एकल महिलालाई रु. दुई हजार सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ भने अन्यलाई अवस्था र परिचय पत्रका आधारमा वितरण गर्ने गर्दछ । शनिबार सिगानमा १५० जना जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएकाले सामाजिक सुरक्षा भत्ता बुझेको र बाँकी रहेकालाई बैंक मार्फत भुक्तानी गरिने मेघा बैंक बागलुङ शाखाका प्रबन्धक गौतमले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *