गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशमा सोमबार सार्वजनिक बिदा दिइएको छ ।

प्रदेश सरकारको गत वर्ष २२ चैतमा बसेको मन्त्रिपरिषद्ले जनैपूर्णिमामा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सोमबार परेको जनैपूर्णिमामा सार्वजनिक बिदा दिइएको हो ।

जनैपूर्णिमाबाहेक यस वर्ष तमु ल्होसार, माघे संक्रान्ति र सोनम ल्होसारमा पनि सार्वजनिक बिदा हुनेछ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *