दिवंगत पिताको पुण्यतिथिमा मानव सेवा आश्रमलाई सहयोग

आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिका–१३ पैयुपाटाका होमनाथ शर्माले आफ्ना स्वर्गीय बुबाको पुण्यतिथिमा मानव सेवा आश्रम बागलुङलाई नगद सहयोग गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय बागलुङ सेवा समाजका संयोजक समेत रहेका शर्माले बुबा प्रतिमान पाध्याको १७ औ पुण्यतिथिमा आश्रमलाई नगद पाँच हजार पाँच सय पचपन्न सहयोग गर्नुभएको हो ।

शर्माले बुबाको सम्झनामा आश्रममा रहेका बालबालिका, वृद्ध, वृद्धा र असाहायहरुको लागि एक छाकको खाना खान पुग्ने गरि सहयोग गरेको बताउनुभयो ।

बिगत दुई दशक देखि वैदेशिक रोजगारीको क्रममा कतारमा रहेर ब्यबसाय सहित सामाज सेवामा सक्रिय रहनु भएका शर्मा बाग्लुङ सेवा समाज कतारको प्रमुख संरक्षक, गैर आबसिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य तथा गण्डकी प्रदेश समन्वय परिषद कतारको सल्लाहकार समेत हुनुहुन्छ ।

हाल काठमाडौमा बसोबास रहेका शर्माले पठाएको रकम एनआरएनए कतारका प्रवक्ता सन्तोष क्षत्रीले आश्रमका अभियान्ता सुमिरा लामालाई हस्तान्तरण गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *