प्रकाश सपुतको ‘बदला बरिलै’ गीत युट्युव ट्रेण्डिङ-१ मा

आदर्श अनलाइन,बागलुङ

लोकप्रिय गायक प्रकाश सपुतको पछिल्लो तीजी गीत ‘बदला बरिलै’ युट्युव ट्रेण्डिङको पहिलो नम्बरमा आएको छ ।

छोरा र छोरीमा गरिने बिभेद सहित बलात्कार विरुद्वको बिद्रोही स्वरमा रहेको गीत सोमवार युट्युव ट्रेण्डिङको पहिलो नम्बरमा प्रवेश पाएको हो । यो गीतको भिडियो तीन दिनकौ अवधिमै ७ लाख ६९ हजार बढी दर्शकले हेरिसकेका छन् ।

गीत सार्वजनिक भएको ३ दिनमै युट्युव ट्रेण्डिङको पहिलो नम्बरमा आउनु श्रोता दर्शकको अपार माया र सद्भाव भएको गायक सर्जक प्रकाश सपुत आदर्श अनलाइनसँग बताउँछन् । उसो त सपुतको यसअघिको ‘बोलमाया’ र ‘गलबन्दी’ गीतमा सर्वाधिक सुनेको र हेरिएको गीत हो । जसले युट्युव ट्रेण्डिङको पहिलो स्थानको रेकर्ड राखिसकेका छन् । ‘तीज बिशेष गीत त धेरै नै आएका छन्, अझ अहिलेको कठिन परिवेशमा ठुलो लगानी गर्ने कुरा आफैमा चूनौतीपूर्ण थियो । तर मलाई यो कुराले अघिल्लो वर्षदेखि नै निकै बिझाइरहेकाले सामाजिक दायित्व सम्झेर काम गरेको हुँ’ सपुत भन्छन्–‘गीत संगीत मार्फत पनि समाजमा बिद्यमान सामाजिक समस्याबारे केही बोल्नुपर्छ भन्ने हिसावले गरेको हुँ, म आफ्नो काम प्रति सन्तुष्ट छु ।’

छोरी, त्यसमा पनि समाजका सत्ता, शक्ति र सम्पतिको पहुँचमा गरिने बलत्कारको बिषयमा तयार तीज बिशेष गीत ‘बदला बरिलै’ ले समाजमा नयाँ तरंग पैदा गरेको छ । छोराछोरी बीचको बिभेद, त्यसमा छोरीहरुले बेहोर्नु परेको जघन्य बलात्कारको सवाललाई संवेदनशिल ढंगले उठान गरिएको छ ।

बागलुङको धम्जामा जन्मिएका सपुतको शव्द, संगीत तथा भिडियो निर्देशनमा रहेको गीतमा चर्चित गायिका देवी घर्तिको आवाज पृथक स्वर सुन्न सकिन्छ । गीतको भिडियोलाई पनि सर्वाधिक रुचाइएको छ । अधिकांशले एउटा चलचित्रनै हेरेको अनुभव भएको प्रतिक्रिया जनाएका छन् । भिडियोमा चर्चित नायिका केकी अधिकारी, धु्रव कोइराला,हिउवाला गौतम, अर्जुन आचार्य, सन्ध्या गौतम बराल, भद्र कुवर लगायतको अभिनय छ ।

नेपाली लोक सांगीतिक क्षेत्रमा गायक सपुतको ‘बोलमाया’, ‘गलबन्दी’ गीत सर्वाधिक लोकप्रिय गीत हो । युट्युव मार्फत हाल सम्म ‘बोलमाया’ गीत १ करोड ६६ लाख पटक हेरिएको छ भने ‘गलबन्दी’ ४ करोड १२ लाख ९३ हजार ९ सय ५६ पटक हेरिएको छ । उसो त रक पपमा झुम्ने युवा पुस्तालाई केन्द्रित गरेर दोहोरी ब्याटल सहित दर्जनौ गीत समेत उनले सार्वजनिक गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *