बिहुँकोट समाज जापानद्धारा काठेखोलामा ५ लाखको स्वास्थ्य सामग्री सहयोग

आदर्श अनलाइन,बागलुङ

बिहुँकोट समाज जापानले जिल्लाको काठेखोला गाउँपालिकामा कोरोना रोग रोकथाम तथा नियन्त्रणका लागि ५ लाख बढीको सामग्री सहयोग गरेको छ ।

जापान समाज बिहुँकोटको ब्यवस्थापनमा कोरोना रोकथाम, नियन्त्रण र ब्यवस्थापनमा सहयोग पुगोस् भन्ने अभिप्रायले काठेखोला गाउँपालिका बागलुङलाई बिभिन्न समयमा गरेर ५ लाख बराबरको स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरिएको हो ।

क्वारेन्टिनमा खानेपानी धारा जडान सहितको हिल ट्याङ्क २७ थान, ब्यक्तिगत सुरक्षा सामग्री (पीपीई) ३८ सेट, टिआर गन १६ थान, एन ९५ मास्क १६ थान, चश्मा १३ वटा र ब्लाजर १३ थान सहयोग प्राप्त भएको छ । धारा जडान सहितको हिल्ट्याङ्क काठेखोला गाउँपालिका भित्रका सम्पुर्ण माध्यमिक विध्यालयमा ११ थान, दुई वटा क्याम्पसमा २ थान, आधारभुत विद्यालय र प्राथमिक विद्यालयमा ११ थान, मन्दिर र कोटमा ३ थान गरि २७ थान बितरण गरिएको काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर बिकले जानकारी दिए ।

उक्त सामग्री जापान समाज बिहुंकोटका अध्यक्ष सुदर्शन कंडेलले लगायतका संस्थाका पदाधिकारीले काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत बिक र स्वास्थ्य शाखा संयोजक रामचन्द्र लामालाई बिभिन्न चरणमा हस्तान्तरण गर्नुभएको थियो । काठेखोला गाउँपालिकाले संकटको समयमा परदेशमा भए पनि आफ्ना जन्मभुमी प्रतिको दायित्व र सहयोगका लागि सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *