सहकारी बैंक १८ औ वर्षमाः दीगो विकासका लागि साझेदारी गर्ने प्रतिवद्धता

आदर्श अनलाइन, बागलुङ

नेपालका सहकारीहरुको प्रद्धर्वनका लागि स्थापित राष्ट्रिय सहकारी बैंक लिमिटेड १७ वर्ष पुरा गरी १८ औं वर्षमा प्रवेश गरेको छ ।

२०६० असार २५ गते स्थापना भई २०६१ साउन १९ गतेदेखि कारोबार शुभारम्भ गरेको सहकारी बैंकले प्रत्येक वर्ष साउन १९ लाई स्थापना तथा कारोबार शुभारम्भ दिवस (बैंक डे) का रुपमा मनाउदै आएको छ ।

बैंक डे का अवसरमा बैंकका तर्फबाट जारी प्रतिवद्धता पत्रमा तीन खम्बे अर्थनीति अनुसार सहकारीमार्फत मुलुकको आर्थिक विकास र सामाजिक रुपान्तरणमा योगदान गर्ने उल्लेखछ । मुलुकको समृद्धिका लागि सहकारीको भूमिका आवश्यक छ, बैंकका अध्यक्ष के.बी.उप्रेतीले भन्नुभयो–देशभरका सहकारीहरुलाई वित्तीय रुपमा सक्षम, संस्थागत रुपमा व्यवस्थित र सुशासनयुक्त बनाउन बैंक निरन्तर लागि रहेको छ ।

मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि सहकारी क्षेत्रको भूमिका बढाउन सहकारी बैंकले हरेक क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्दै आएको र आगामी दिनमा सहकारी क्षेत्रको थप भूमिका लागि सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने प्रतिवद्धता अध्यक्ष उप्रेतीले गर्नु भएको छ ।

बैंकको आन्तरिक व्यवस्थापन र सुशासन, अन्तर्राष्ट्रिय सञ्जाल विस्तार, गुणस्तरीय सेवामार्पmत सहकारी संघ÷संस्थाको विकासमा दिगो टेवा, सहकारीहरुको आन्तरिक सवलीकरण र व्यावसायिक सफलताका लागि बैंकका वित्तीय तथा गैरवित्तीय सेवाहरुमा विविधीकरण, सहकारी शिक्षा, सहकारी स्तरीकरण र स्तरोन्नतीका लागि नविनतम प्रविधिको प्रयोगमा जोड दिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो ।

नेपाल सरकारको समेत शेयर रहेको सहकारी बैंकको सञ्जाल ७७ वटै जिल्लामा पुगेको छ । बैंकमा देशभरका १२ हजार भन्दा बढी सहकारी संघ संस्थाहरु सदस्य रहेका छन् । सदस्य सहकारी संघ संस्थाहरुबाट बैंकले २ अर्ब २२ करोड शेयर पूँजि, ४७ अर्ब निक्षेप संकलन गरी २७ अर्ब कर्जा लगानी गरेको छ । बैंकको कुल सम्पत्ती ५१ अर्ब पुगेको छ ।

देशभर ४४ शाखा र केन्द्रीय कार्यालयबाट सदस्यहरुलाई सेवा दिदै आएको सहकारी बैंकले सहकारीलाई वित्तीय सेवाका साथै शिक्षा, तालिम, अध्ययन अनुसन्धान, संस्थागत विकास र स्तरीकरण लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । सहकारी विभाग र नेपाल राष्ट्र बैंकको प्रत्यक्ष नियमन रहने बैंकलाई थप २४ वटा शाखा सञ्चालनको अनुमति हालै प्राप्त भएको छ ।

थप शाखा सञ्चालनका लागि आन्तरिक काम भैरहेको र असोज मसान्त भित्र २४ वटा शाखा सञ्चालन गर्ने तयारी रहेको प्रमुख कार्यकारी अधिकृत गुरागाईले जानकारी दिनुभयो । देशभरसञ्चालित सहकारीहरुबीच पुग्ने लक्ष्यका साथ बैंक योजना बनाएर काम गरेको छ । सहकारीमार्फत दीगो विकासमा योगदान गर्न बैंकले सबै विषयका सहकारीहरुलाई सक्षम बनाउने लक्ष्य लिएको छ ।

बैंंक स्थापनासंगै निरन्तर सञ्चालनमा योगदान गर्ने सबैमा बैंंकले धन्यवाद तथा शुभकामना व्यक्त गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *