वडाले बाँड्यो भीमापोखराका बृद्व बाआमालाई फाइबर सिरक

आदर्श अनलाइन,बागलुङ

जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराका बृद्व बाआमालाई फाइवर सिरक प्रदान गरिएको छ ।

वडा नम्बर २ को कार्यालयले गत वर्षको ज्येष्ठ नागरिक लक्षित कार्यक्रमबाट वडाका २ सय ४० जनालाई फाइवर सिरक बितरण गरेको हो । बागलुङ क्षेत्र नम्बर १ का संघीय सांसद डा.सुर्य पाठक र काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले एक कार्यक्रम बीच सामग्री बितरण गरेका थिए ।

कोरोना संकटका कारण सहज परिवेश तयार भए पछि बितरण गर्ने योजना बनाइएकोमा यो अवस्था लम्बिदो भएकाले सरकारको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेहरुको तथ्यांकका आधारमा साविक भीमापोखराका ३ स्थानबाट सिरक प्रदान गरिएको काठेखोला वडा नम्बर २ का अध्यक्ष बिद्यापति शर्माले जानकारी दिए ।

उनका अनुसार भीमापोखराको साविक १,२, ३ र ४ को हरिकमल प्राविबाट, ५,६ र ७ को वडा कार्यालयबाट र ८ र ९ शिवालय आधारभूत बिद्यालयबाट बितरण गरिएको हो । ‘यो सिजनका हिसावले केही फरक छ, तर जाडोयाममा ज्येष्ठ नागरिकको सहजतालाई आत्मसाथ गरेर यो कार्यक्रम तय गरेका हौ,’ वडा अध्यक्ष शर्माले भने, ‘गह्रौ सिरक हुने र त्यो लिएर यताउता गर्न समेत बुढापाकालाई गाह्रो भएको पाइएकाले फाइबर सिरक दिएका हौ । आज अनुपस्थित भएका, अशक्त आमाबुवालाई घरमै पठाइदिन्छौ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *