आदर्श अनलाइन, पोखरा
गण्डकी प्रदेशमा बिहिवार विहानै ११ जना नयाँ संक्रमित थपिएका छन् ।
यो सँगै कोरोना संक्रमितको संख्या १५६६ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ र लुम्बिनी प्रादेशिक अस्पताल, रुपन्देही गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ११ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।