आदर्श सञ्चारका सेयर सदस्यलाई घाँसका बिरुवा

आदर्श अनलाइन, बागलुङ
सुचना र सञ्चारको क्षेत्रमा काम गर्दै आएको आदर्श सञ्चार सहकारी संस्था बागलुङले शेयर सदस्यलाई घाँसका बिरुवा वितरण गरेको छ ।

गाउँ गाउँमा सडक विस्तार गर्दा पहिरोको जोखिम बढ्दै गएकाले रुख बिरुवा रोप्दा पहिरो नियन्त्रण हुने र गाई वस्तुलाई घाँस समेत हुने भएकाले बिरुवा वितरण गरिएको संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु)ले जानकारी दिनुभयो ।

संस्थाका ६० जना सदस्यलाई ५ वटा रायखन्यू, ५ वटा कपुर, ५ वटा तेजपत्ता, ४ वटा पारिजात, ४ वटा कल्की फुल, २ वटा अमला, ३ वटा निमारो, १ वटा सिलटिमुर र १ वटा धुपीको बिरुवा वितरण गरिएको हो ।

सहकारीले संस्थामा आवद्ध सेयर सदस्यलाई सार्वजनिक रुपमा सूचना जारी गर्दै बिरुवा लिन आव्हन गरेको थियो । भू–तथा जलधार व्यवस्थापन कार्यालय पर्वत र जिल्ला बन कार्यालय बागलुङको सहकार्यमा संस्थाका सदस्यलाई बिरुवा वितरण गर्ने योजना बनाएर एक जना सदस्यलाई ३० वटाका दरले बिरुवा वितरण गरिएको संस्थाका प्रबन्धक दिपक सापकोटाले जानकारी दिनुभयो । सहकारीले ६० जना सदस्यलाई १ हजार ८ सय वटा बिरुवा वितरण गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *