मोती सार्थक सम्मान सांसद राना, धवल मोति सम्मान प्रधान र राजभण्डारीलाई

आदर्श अनलाइन, बागलुङ
यस वर्षको मोती सार्थक सम्मान बागलुङका पूर्व सांसद कला क्षेत्रका अभियन्ता क्याप्टेन पूर्णबहादुर रानालाई प्रदान गरिने भएको छ ।

जिल्लाको गलकोटमा अन्र्तराष्ट्रिय मुर्तिकला आयोजना गरेर अभुतपूर्व सन्देश र प्रेरणादायक कार्यको नेतृत्व गर्नुभएका रानालाई निरत्तरको समाजसेवा र कला साधनाको विकासमा पु¥याएको योगदानको कदर स्वरुप मोती सार्थक सम्मान प्रदान गर्ने निर्णय गरिएको हो ।

सार्थक प्रकाशन बागलुङले २०७४ सालदेखि बिभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई प्रत्येक वर्ष मोती सार्थक सम्मान प्रदान गर्दै आएको अध्यक्ष काजी रोशनले जानकारी दिनुभयो ।

यो सम्मान यसअघि २०७४ सालमा बागलुङका वरिष्ठ पत्रकार बिदुर खड्का, २०७५ सालमा चिकित्सक डा. हेमा छन्त्याल र २०७६मा मुस्ताङका पत्रकार भिम रसाइलीलाई प्रदान गरिएको थियो ।

यसैगरी, धवल कला मन्दिरबाट प्रत्येक वर्ष प्रदान गरिदै आएको धवल मोति सम्मान–२०७७ बागलुङका महेशचन्द्र प्रधान र रमेशकुमार राजभण्डारीलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।
स्मृति प्रकाशनबाट प्रदान हुने स्मृति युवा सम्मान–२०७७ बाट गलकोटका सुन्तली कुँवर र सरिता खड्कालाई प्रदान गर्ने निर्णय भएको अध्यक्ष रोशनले बताउनुभयो ।

धवल कला मन्दिरले साहित्य र कला संगीतमा योगदान पु¥याउदै आएका व्यक्तिहरुलाई २०७४ साल र स्मृति प्रकाशनले २०६५ साल देखि प्रत्येक वर्ष युवा सहित्यकारलाई सम्मान गर्दै आएको उहाँको भनाई छ । यस वर्ष प्रधान र राजभण्डारीलाई प्रदान गरिने धवल मोती सम्मान २०७४ सालमा कृष्णलाल शाक्य, पद्मनारायण श्रेष्ठ, २०७५ सालमा सुर्य प्रसाद मिलन र इन्द्र कुमारी श्रेष्ठ र २०७६ सालमा ठाकुरजंग राजभण्डारी र मछिन्द्र शाक्यलाई प्रदान गरिएको थियो ।

तीन वटै फरक फरक संस्थाबाट प्रदान गरिने सम्मान सामुहिक रुपमा भाद्र ३ गते मोती जयन्तीको अवसरमा प्रदान गरिने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *