कास्कीका १११ प्रहरीको कोरोना रिपोर्ट नेगेटिभ

आदर्श अनलाइन, पोखरा
कास्कीका विभिन्न प्रहरी इकाईमा कार्यरत १ सय ११ प्रहरीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

ड्युटीमा रहँदा बाहिरी मानिससँग प्रत्यक्ष सम्पर्कमा आएका विभिन्न इकाईका १ सय ११ जनाकोस्वाब संकलन गरिएकोमा बिहीबार रिपोर्ट नेगेटिभ आएको कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

ट्राफिक प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम, वडा प्रहरी कार्यालय रामबजार, ईलाका प्रहरी कार्यालय शिशुवा लगायतमा कार्यरत प्रहरीको बुधबार स्वाब संकलन गरिएको थियो ।

कास्कीमा ड्युटीका प्रहरीमा बुधबार कोरोना पुष्टि भएको थियो । पोखरा–३ स्थित नदीपुर बिटमा कार्यरत हवल्दारमा कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा आएकाको खोजी सुरु भइसकेको छ ।

संक्रमित प्रहरीको सम्पर्कमा आएका बिटका अरु ४ प्रहरीलाई क्वारेन्टाइनमा राखिएको एसपी श्रेष्ठले जानकारी दिए । नजिकै क्वारेन्टाइन रहेको र बेलाबखत गइरहने भएकाले त्यहीँबाट सरेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रहरी बिट नजिकै पद्म नर्सिङ होमलाई पोखरा महानगरपालिकाले महिला क्वारेन्टाइन बनाएको छ । कास्कीमा रहेका विभिन्न प्रहरी कार्यालयमा ९ सयभन्दा बढी प्रहरी कार्यरत छन् ।

छिमेकी जिल्ला स्याङ्जामा प्रहरीमा नै कोरोना पुष्टि भएपछि निषेधाज्ञा नै घोषणा गरिएको छ । जिल्ला प्रहरी कार्यालयका एसपीसहित ३८ प्रहरीमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । त्यसबाहेक कार्यालयमा रहेका २ थुनुवा र प्रहरीका २८ महिने छोरामा कोरोना पुष्टि भएको छ । समाधानबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *