वडा सदस्यले दिए ज्यान मार्ने धम्की (अडियोसहित)

आदर्श अनलाइन, पोखरा
पोखरा महानगरपालिका वडा नं. २१ का वडा सदस्य रामबहादुर गुरुङ (कमल)ले उपभोक्ता समितिका अध्यक्षलाई ज्यान मार्ने धम्की दिएका छन् ।

घर्राबारी माटापानी सडक उपभोक्ता समितिका अध्यक्ष महेश्वर भण्डारीलाई गुरुङले घर, परिवारसहित उडाइदिने धम्की दिएका हुन् । शुक्रबार गुरुङले इन्जिनियरलाई घूस दिनुपर्छ भनी महेश्वरसँग रकम मागेको अडियो सार्वजनिक भएको थियो ।

रेकर्ड गरेर बुझाएको भन्दै उनले महेश्वरलाई फसाउने धम्की दिएका छन् । उनले फोनमा भनेका छन्, ‘तिमीले मलाई चिनेका छौ होला नि । मैले कांग्रेस र माओवादीलाई त साइड लाइदिन्छु । तिमी त कोही होइन नि बुझ्यौं । तिमीले मेरो केरियरमा दाङ लगाउन खोजे तिम्रो परिवार नै उडाइदिन्छु ।’

काम पूरा नगरेको र इन्जिनियरहरलाई घूस दिएको प्रमाण आफूसँग भएको दाबी गरे ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *