फोनिज गण्डकीले मनायो २१ औ वर्षगाठ,पत्रकार राजभण्डारी र थापा पुरस्कृत

आदर्श अनलाइन, पोखरा

नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) गण्डकी प्रदेशले यस वर्षदेखि बितरण गर्न थालेको कञ्चन पत्रकारिता पुरस्कारबाट दुई पत्रकार पुरस्कृत भएका छन् ।

फोनिजको २१ औं स्थापना दिवसका अवसरमा पोखरामा आयोजित बिशेष कार्यक्रमका बीच ३ दशक बढी समयदेखी पत्रकारितामा क्रियाशिल बाग्लुङका पत्रकार राजेशचन्द्र राजभण्डारी र कास्कीका पत्रकार रुद्रबहादुर थापालाई पुरस्कार प्रदान गरिएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरङले अनवरत क्रियाशिलता तर्फ राजभण्डारी र भाषा सँस्कृतिको संरक्षण तर्फ थापालाई नगद २५ हजार रुपैयाँ सहित खादा ओढाएर सम्मान पत्र प्रदान गर्नुभयो ।

पोखराका व्यवसायी तथा समाजसेवी विमलमान गुभाजू र उहाँको परिवारले आफ्ना दिवंगत पिता वेदमान र माता नेत्रकुमारी गुभाजुको स्मृतिमा फोनिज गण्डकी प्रदेश सँगको समन्वयमा ६ लाख रुपैयाँको अक्ष्य कोष स्थापना गर्नुभएको थियो । सोही कोषबाट अब हरेक बर्ष दुई जना (एक जना क्रियाशिल र अर्को भाषा सँस्कृतिमा कलम चलाउने समेत) लाई पुरस्कृत गरिने फोनिज गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्थाले जानकारी दिनुभयो ।

कोरोना भाइरस भन्दा पार्टीको भाइरस खतरा
पुरस्कार बितरण पछि बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्थामा लकडाउन गर्ने मनस्थितिमा आफूहरु नरहेको स्पष्ट पारेका छन् ।

यो रोगको कुनै पनि इन्जेक्सन तथा भ्याक्सिन नबनेको अवस्थामा विश्व स्वास्थ्य संगठन ९डब्लु।एच।ओ० ले जारी गरेको नियम पालना गर्नु बाहेक अन्य उपाय नभएको समेत उनले बताए । १ घर १ पिसिआर जाँच गर्नु अहिले सम्भव नभएको उनको भनाई थियो । कोरोना नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारले बनाएका योजनामा आफूहरु सफल रहेको समेत उनले दावी गरेका छन् । ‘सर्वसाधारण आफैं पनि सचेत हुनुपर्छ’ उनले भने, ‘सरकारले मात्र गरे हुँदैन ।’

यस्तै एक फरक प्रसंगमा मुख्यमन्त्री गुरुङले विश्वभरीनै कोरोना भाइरसले महामारीको रुप लिए जस्तै कम्युनिस्ट पार्टीमा पनि एक किसिमको भाइरस छिरेको बताएका छन् । ५ वर्षको म्यान्डेट दिएर नागरिकले यो सरकार चुनेकाले ५ वर्षसम्म सरकार परिवर्तन गर्ने विषयमा कसैले सोच्नै नहुने उनको भनाई थियो । ‘५ वर्षका लागि नागरिकले चुनेर कम्युनिस्ट सरकार निर्माण भएको हो ।’ उनले भने, ‘पार्टीमा झगडा गरेर हुँदैन, हरेक पटक कम्युनिस्टले इतिहास रचेको छ, यो कम्युनिस्टको सरकारले पनि नेपालमा इतिहास रच्नुपर्छ ।’ सरकार परिर्वतन लगायत अन्य दायाँबायाँ सोचेर सरकार परिर्वतनको खेलमा नलाग्ने उनले पार्टीलाई आग्रह गरेका छन् ।

कायक्रममा संस्थालाई पु¥याएको योगदानका आधारमा आभारपत्र सहित पुरस्कार तथा अक्षयकोषदाता गुभाजू, अधिवक्ता जुनाकुमारी गुरुङलाई समेत सम्मान गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *