पेट्रोल खाँदा मुस्ताङमा १७ महिने बालकको मृत्यु

फाइल तस्बिर

आदर्श अनलाइन, मुस्ताङ

जिल्लाको घरपझोङ गाउँपालिका-३ पुथाङ एयरपोर्ट जोमसोममा बुधबार एक १७ महिने बालकले खेल्ने क्रममा पेट्रोल खाँदा मृत्यु भएको छ ।

घरपझोङ-३ एयरपोर्ट जोमसोममा रहेको त्रिशुला मोटर साइकल वर्कसपका किरण थापाको १७ महिने छोरा किसान थापाको उपचारका लागि जोमसोम अस्पताल लैजाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी आशिष अधिकारीले जानकारी दिए ।

१७ महिने बालकले घरमै खेल्ने क्रममा नजिकै राखिएको पेट्रोलियम पदार्थ खान पुगेको बताइएको छ । घटनाबारे आवश्यक अनुसन्धान भने भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *