आदर्श सञ्चारद्वारा श्रद्धाञ्जली सभा तथा राहत रकम हस्तान्तरण

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यका आफन्तको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

शेयर सदस्य देविका कार्कीका पति, चरी कार्की र यामकुमारी कार्कीका ससुराको निधनप्रति दुख व्यक्त गर्दै बिहीबार श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।

काठेखोला गाउँपालिका ७ रेश निवासी दुर्गाबहादुर कार्कीको ७९ वर्षको उमेरमा साउन १७ गते निधन भएको थियो ।

कार्कीको निधन भएको १२ औँ दिनको पुण्य तिथि पारेर आदर्र्श सञ्चार सहकारीले मृतकको निवासमा पुगेर श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । संस्थाले शेयर सदस्य तथा सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत रकम पनि हस्तान्तरण गरेको छ ।

संस्थाका अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु) ले संस्थाको नियम अनुसार शेयर सदस्यका आफन्तको निधनमा प्रदान गरिने ५ हजार रुपैया स्वर्गीय कार्कीका आफन्तलाई हस्तान्तरण गर्नु भएको थियो ।

यस सहकारीले सञ्चालन गरेको सदस्य राहत खाताबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रुपैया रकम प्रदान गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *