गण्डकीमा थप २१ मा कोरोना पुष्टि, कुल संक्रमित १६ सय ८१ पुग्यो

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमित थपिएका छन् ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६८१ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षण अनुसार गण्डकी प्रदेशमा नयाँ २१ जना संक्रमित थपिएका छन् ।

तनहुँको भानु नगरपालिकाका २० जना र स्यांजा पुतलीबजारका १ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित सबैलाई आइसोलेसन लैजाने तयारी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *