म्यानेजर्स क्लबद्धारा प्रगति सहकारीका कर्मचारीसँग अन्तरक्रिया

आदर्श अनलाइन, बागलुङ

सहकारीका प्रवन्धकहरुको क्लव कोअपरेटिभ म्यानेजर्स क्लव (सिएमसी) बागलुङ र प्रगति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङका कर्मचारीहरु बीच शुक्रवार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

क्लवले हरेक हप्ताको शुक्रवार जिल्लामा सञ्चालित सहकारीमा स्थलगत रुपमा पुगेर संस्थाका कर्मचारीहरुसंग अन्तरक्रिया कार्यक्रम गर्ने योजना अनुसार प्रगति सहकारीका कर्मचारीहरुसंग परिचयात्मक कार्यक्रम सहित अन्तरक्रिया गरिएको क्लवका अध्यक्ष दिपकजंग राजभण्डारीले जानकारी दिनुभयो ।

सहकारीका कर्मचारीहरुबीच अनुभव आदान प्रदानका साथै क्षमता विकासमा योगदान पु¥याउने उद्देश्यका साथ सहकारीहरुमा स्थलगत भेटघाट तथा अन्तरक्रिया शुरु गरिएको राजभण्डारीले बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा सहकारीको अवस्थाका बारेमा जानकारी दिदै सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेल कुमार र उपाध्यक्ष तोयानाथ गौतमले क्लब जिल्लाका सवै सहकारी र कर्मचारीको मनोभाव बुझेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

क्लवका सचिव ताराप्रसाद शर्माले संचालन गरेको कार्यक्रममा क्ल्वका सदस्य टिकाराम सापकोटाले धन्यावाद मतव्य सहित समापन गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *