अर्काको नाममा फेसबुक खोलेर रकम असुल गर्ने पोखराका युवक पक्राउ

आदर्श अनलाइन, पोखरा
कास्की प्रहरीले अर्काको नाममा फेसबुक खोली रकम असुल गर्ने पोखराका एक युवकलाई पक्राउ गरेको छ ।

विभिन्न व्यक्तिहरूको फेक फेसबुक आइडी बनाई अनेक बहानामा उनीहरूका आफन्त र नजिकका व्यक्तिलाई म्यासेज पठाई रकम असुल गर्ने पोखरा – ३ नदीपुरका २१ वर्षीय रोशन हमाल पक्राउ परेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

रोशनले पछिल्लो समय वीरगन्जको एक बैङ्कमा कार्यरत कर्मचारीलाई सोही बैङ्कमा कार्यरत वरिष्ठ अधिकारीको नामको नक्कली फेसबुक एकाउन्ट बनाएर एक लाख रकम ठगी गरेको डिएसपी हमालले जनाएका छन् ।

डिएसपी हमालका अनुसार आफूलाई अति आवश्यक परेको भन्दै सिनियर अधिकारीलाई म्यासेज पठाएपछि सिनियर अप्ठ्यारोमा परेको भन्ने लागेर ती कर्मचारी इसेवा मार्फत तुरुन्त रकम ट्रान्सफर गरेका थिए ।

पक्राउ परेका रोशन यस अघि पनि विद्युतीय कारोबार ऐन,२०६३ विपरीतको कसुरमा ९ महिना थुनामा रहेको र जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक अपराध मुद्दामा ५ हजार धरौटीमा छुटेका थिए ।

प्रहरीले रोशनलाई ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा एक साता म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *