बाढीले एक दर्जन घरमा क्षति

आदर्श अनलाइन, म्याग्दी

म्याग्दीको बेनी नगरपालिका ७ मंगलाघााटमा शुक्रबार राति परेको अविरल वर्षासँगै बाढी आउँदा एक दर्जन घरमा क्षति पुगेको छ ।

राति ११ बजे सत्य साइबावाको भवन माथिबाट बाढीसहितको पहिरो आउँदा मंगलघाटका हिक्मत शेरचन, गोकुल केसी, रुद्रबहादुर सुनार, याममाया पुन, चित्रकुमारी गौचन, जीवन सापकोटाकोे साथै अन्य घरमा पनि क्षति पुगेको र विवरण संकलन हुँदै गरेको मंगलाघाट प्रहरी बिटका हबलदार पालबहादुर सोमै मगरले जानकारी दिए ।

बेनी पाखापानीसडकमा जम्मा भएको पानी माउन्ट एभरेस्ट मावि र बुद्ध विहारको बीचबाट खसेपछि पानीले बाढीको रुप लिएको हो । राति ११ बजे नै स्थानीयवासीहरुले सत्यसाइ बाबाको भवन माथिबाट आएको भललाई तर्काएका कारण ठूलो क्षति हुनबाट जोगिएको मंगलाघाटका स्थानीय नवराज पौडेल बताए ।

उनका अनुसार रातभरि स्थानीयले बाढी तरकाउन खोजे पनि एकै पटक ठूलो आएका कारण क्षति पु¥याएको हो । पहिरोले सत्यसाइ बाबाको भवन नजिक रहेका २ घर जोखिममा परेका छन् । बेनी पाखापानी सडकमा जम्मा भएको पानीले बाढी र पहिरोको रुप लिएको उनले बताए ।

बाढीका कारण बेनी पाखापानी सडक पूर्णरुपमा अवरुद्ध भएको छ । बाढीले जीवन सापकोटाको ग्यारेज, राजु केसीको घरमा रहेको खाद्यान्न, र कस्मेटिक पसलमा समेत क्षति पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *