निसीखोलाका पहिरो पीडितलाई दियो राधामाधव समितिले आर्थिक सहयोग

आदर्श अनलाइन, बागलुङ
श्री राधामाधव समितिले बागलुङको निसीखोला गाउँपालिकाका पहिरो पीडितलाई राहत रकम हस्तान्तरण गरेको छ ।

अविरल वर्षाका कारण शुक्रबार राति घर माथिबाट झरेको पहिरोले पुरिएर निसीखोला गाउँपालिका वडा नम्बर ५ का हिराबहादुर विकको १३ वर्षीय छोरा देवेन्द्र विक र ६ नाति प्रवेश विक र वडा नम्बर ३ का स्थानीय जुठे कामीकी ७२ वर्षीया श्रीमती वली कामीको मृत्यु भएको थियो ।

राधामाधव समितिका केन्द्रीय अध्यक्ष संगीतादिदीको पहलमा समितिले सहयोग गर्ने निर्णय गरे अनुसार पहिरो पीडितलाई राहत हस्तान्तरण गरेको समितिका बागलुङ शाखा सचिव दिपक कँडेलले जानकारी दिनुभयो ।

यस समितिले विपद्मा परेका नागरिकहरुलाई सहयोग गर्दै आएको छ । निसीखोलाका पहिरो पीडितलाई गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेल, उपाध्यक्ष शोभा कुमारी कार्की, वडा नम्बर ४ का अध्यक्ष टिकानिधि पौडेल, ३ का अध्यक्ष जुनविक्रम शाही, २ का अध्यक्ष कुविर विकको उपस्थितमा स्थानीय शिक्षक रिमप्रसाद पौडेलले राहत रकम हस्तान्तरण गर्नुभएको हो ।

वडा नम्बर ५ का पहिरो पीडितलाई १७ हजार रुपैयाँ र वा नम्बर ३ का पहिरो पीडितका आफन्तलाई ८ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *