तनहुँको आँबुखैरेनी गाउँपालिका १ हप्ता सिल

आदर्श अनलाइन,तनहुँ
तनहुँको आँबुखैरेनी गाउँपालिका एक हप्ता सिल हुने भएको छ । आजदेखि भदौ ७ गतेसम्म गाउँपालिका सिल हुने भएको छ ।

गाउँपालिकाको आइतबार बसेको कार्यपालिका बैठकले भदौ १ गते देखि लागु हुने गरि १ हप्ता लकडाउन गर्ने निर्णय गरेको हो ।

आँबुखैरेनी गाउँपालिकामा भन्दा पनि छिमेकी जिल्ला तथा गाउँ/नगरपालिकाहरुमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएकोले गाउँपालिका सिल गरिएको आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले बताए ।

गाउँपालिका भित्रको मुख्य बजार आँबुखैरेनी बजार भएकोले संक्रमण फैलने खतरालाई मध्यनजर गर्दै सिल गर्न्र निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

हालसम्म आँबुखैरेनी गाउँपालिकामा २ सय ९१ जनाको पिसिआर परिक्षण गर्दा ६ जनाको मात्र कोरोना पोजेटिभ आएको र त्यस मध्य ५ जना निको भएर घर गईसकेको छन । बाँकी १ जना भने आईसोलेसनमा रहेको छन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *