एक हप्ता लकडाउन गर्न व्यवसायीलाई उद्योग वणिज्य संघको आग्रह

आदर्श अनलाइन, बागलुङ
उद्योग वाणिज्य संघ बागलुङले व्यवसायीहरुलाई कोरोना रोकथाम तथा नियन्त्रणको लागि एकजुट हुदै एक हप्ता आन्तरीक लडकाउन गर्न आव्हन गरेको छ ।

सोमबार उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारीले प्रेस विज्ञप्ती जारी गर्दै भदौ १ गते राती १२ बजेदेखि एक हप्ता लागु हुने गरी लकडाउन गर्नको लागि सम्पूर्ण व्यवसायीहरुलाई अनुरोध गर्नुभएको छ ।

विज्ञप्तीमा समुदायमा कोरोना संक्रमण देखिएपछि जिल्लाका कतिपय स्थानीय तहले आंशिक र पूर्ण रुपमै सिल भएको अवस्थामा स्थानीय तहसंग समन्वय गर्दै आन्तरिक लकडाउनको अवधिमा अति आवश्यक खाद्य सामग्री, दुग्धजन्य, पानी, औषधी, मासु, तरकारी, ग्यास डिजेल, पेट्रोल, मट्टितेल बाहेकका सबै उद्योग, व्यवाय र पसल बन्द गर्न आग्रह गरिएको छ ।

साथै विज्ञप्तीमा अति आवश्यक सामग्रीहरु विहान ७ः३० बजेदेखि १० र साँझ ४ देखि ६ बजेसम्म मात्र सम्पूर्ण सुरक्षा विधि अपनाएर खरिद विक्री गर्न आग्रह गरिएको छ । तेसैगरी विज्ञप्तीमा ग्रामिण भेगबाट बजार आउने उपभोक्ता र सवारी साधनलाई अति आवश्यक नपरेसम्म बजार प्रवेश नगर्न अनुरोध गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *