बेनी अस्पतालमा पाँच शैयाको आइसियु तयार

आदर्श अनलाइन, म्याग्दी

म्याग्दीको बेनी अस्पतालमा दुई वटा भेन्टिलेटर सहितको ५ शैयाको सघन उपचार कक्ष (आइसियु) स्थापना गरिएको छ ।

अस्पताललाई गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको एक करोड ७९ लाख रुपैयाँको लागतमा आइसियु कक्षा स्थापना गरेको अस्पतालले जानाएको छ ।

अस्पतालमा आइसियु कक्ष स्थापना भएपछि संगै जटिल प्रकारका विरामीहरु जिल्ला बाहिर जानुपर्ने विरामीको बाध्यता हटेको छ ।

अस्पतालमा आउने जटिल प्रकारका विरामीहरुलाई उपचारमा समस्या भएको भन्दै प्रदेश सरकारले गत बैशाखमा बसेको बैठकले सबै जिल्लामा सघन उपचार कक्ष (आइसियु) निर्माणका लागि बजेट विनियोजन गरेको थियो ।

कोरोना भाइरस कोभिड १९ को संक्रमणलाई समेत मध्यनजर गरेर प्रदेश सरकारले जिल्ला तहमा आइसियु तथा भेन्टिलेटरको अभावमा हुन नदिन आइसियु कक्ष स्थापना गरेको हो । आइसियु स्थापना भएपछि जटिल खालका बिरामीलाई पोखरा र काठमाण्डौं लैजानुपर्ने बाध्यता हट्ने अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालको भनाई छ ।

आइसियुका लागि आवश्यक पर्ने सबै स्वास्थ्य सामग्रीहरु जडान भाइसकेका छन् । तत्कालका लागि आइसियु सञ्चालन गर्न जनशक्ति नभएकाले एकमहिना भित्रमा सञ्चालन गरिने कटुवालले बताउनुभयो । एकमहिना भित्र औपचारिक रुपमा सघन उपचार कक्ष(आइसियु)को उद्घाटन गरिने अस्पतालले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *