संक्रमित भेटिएपछि पोखराको विशाल बजार बन्द

आदर्श अनलाइन, पोखरा
पोखराको महेन्द्रपुलस्थित पुरानो सपिङ केन्द्र विशालबजारमा २ जना कोरोना संक्रमित भेटिएपछि अहिले उक्त क्षेत्र पूर्णतयः शिल गरिएको छ ।

पोखरा महानगर स्वास्थ्य शाखाका अधिकृत हरिलाल आचार्यले विशालबजारमा पसल चलाएर बस्ने दम्पतीमा संक्रमण भएको पुष्टी गरेका छन् । उक्त सूचना पाएलगत्तै बिशालबजारका सम्पूर्ण पसल बन्द गरिएको छ ।

‘हामीले संक्रमणको सूचना पाए लगत्तै दिउँसो १२ बजे पसल बन्द गरेर निस्किसकेका छौं’ एक व्यवसायीले जानकारी दिए । विशालबजारमा करिब २ सय ४० पसल रहेका छन् ।

यता, स्थानीय प्रशासनले आज राति १२ बजेदेखि कास्की क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *