आदर्श अनलाइन, पोखरा
नेपाली कांग्रेस पश्चिम नवलपरासीका जिल्ला उप-सभापति सुवास गिरीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
उपचारको क्रममा ३८ वर्षीय गिरीको ललितपुरको पाटन अस्पतालमा मंगलबार बिहान मृत्यु भएको हो।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले असार २९ गते मात्रै गिरीलाई जिल्ला उप-सभापतिमा चयन गरिएकोमा मंगलबार दुस्खद निधन भएको उल्लेख गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।