थुनिएको हिलवाङ खोला खुल्यो

आदर्श अनलाइन, म्याग्दी
पहिरो खसेर थुनिएको मंगला गाउपालिका ५ अर्मनको हिलवाङ खोला करिब पाँच घण्टा पछि प्राकृतिक रुपमा खुलेको छ । सोमबार दिउँसो ४ बजेतिर अर्मनको पाखु सामुदायिक वनबाट खसेको पहिरोले थुनिएको खोला राती ७ बजे तिर खुलेको हो ।

पहिरो खसेर बनेको तलाउ बगेको अर्मनका वडा सचिव डिलबहादुर रोकाले बताउनुभयो । बस्तिलाई असर नगरेपनि खोला उर्लिएर आएको थियो । हिलबाङ खोलाको तटीय क्षेत्रमा रहेको कस्केरी र खारखोलामा सतर्कता अपनाइएको थियो ।

तत्काललाई जोखिम टरेको कस्केरीका बासिन्दा समेत रहेका मंगला गाउपालिकाको कृषि शाखाका संयोजक जगत बानियाले बताउनुभयो । भरिएर अथवा भासिएर कसरी तालबाट पानी बग्यो भन्ने जानकारी राती भएका कारणले पत्ता लागेको छैन् । पहिरो खसेर तलाउ बनेपछि वडा अध्यक्ष भुपेन्द्र खत्रीले सतर्कता अपनाउन आग्रह गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *