मुस्ताङका नवआगन्तुक सिडिओ क्वारेन्टिनमा

जोमसोम :
३८ औं प्रमुख जिल्ला अधिकारीको कार्यभार सहित मुस्ताङ आएकी प्रजिअ हिरादेवी पौडेल सोमबारदेखि आफ्नै प्रजिअ क्वाटरको होमक्वारेन्टाईनमा बसेकी छन्।

यसअघि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको निर्देशकको पदमा रहेकी उनी प्रमुख जिल्ला अधिकारीको रुपमा आईतबार मुस्ताङ आएकी हुन्। उनी मुस्ताङ आएलगत्तै प्रजिअ निवासको क्वाटरमा सुरक्षित होम क्वारेन्टाईनमा बसेको जानकारी दिईन्।

नयाँ प्रजिअ पौडेल मुस्ताङ आउँदा बिभिन्न कार्यालयमा कार्यरत कर्मचारीले सामाजिक दुरी कायम गरी नयाँ प्रजिअलाई अनौपचारिक रुपमा स्वागत गरे। यस लगत्तै उनी सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लागु भएको नियम/कानुनलाई आत्मसाथ गर्दै एकान्तबास बसेको प्रजिअ पौडेलले जानकारी दिईन् ।

पछिल्लो समय कोरोना भाईरसको अवस्था दिनप्रतिदिन भयावह भईरहेको र आफु पनि संक्रमित जिल्लाबाट ग्रिन जोन मुस्ताङमा आएकाले यस जिल्लालाई ग्रिन जोन कायम राख्न होसियारी र सर्तकता अपनाएको प्रजिअ पौडेलले बताईन्। तपाई कति दिन होम क्वारेन्टाईनमा बस्नु हुन्छ भन्ने प्रश्नमा प्रजिअ पौडेलले आफु कम्तिमा एक साता एकान्तबास बस्ने जानकारी दिईन।

प्रजिअ पौडेलले मुस्ताङलाई कोरोना मुक्त राख्न साविकका योजनाहरुलाई कायम राख्दै सीमा नाकालाई थप कडाई गर्ने जनाईन्। यसका लागि म्याग्दी प्रशासनसँग सहकार्य भईंरहेको प्रजिअ पौडेलको भनाई छ।

दोश्रो महिला प्रजिअको रुपमा हिरादेवी पौडेल मुस्ताङमा हाजिर भएकी हुन्। यसअघि मुस्ताङका लागि पहिलो महिला प्रजिअको रुपमा उषा नेपालले प्रजिअको कार्यभार सम्हालेकी थिईन्।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *